रौतहट, ४ असोज । गरुडा नगरपालिका वडा नम्बर- ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका कृष्णकुमार सहनीले माओवादीकी उम्मेदवारलाई एक मतले पराजित गरेका छन् ।
तर, माओवादी केन्द्रका उम्मेदवार शैला देवीले भने मतपरिणामलाई अस्वीकार गर्दै पुनः मतगणनाको माग गरेकी छन् । सोही विवादका कारण त्यहाँ मत गणना नै अवरुद्ध भएको छ ।
कांग्रेसका सहनीले ३०८ मत पाए भने उनको निकटतम प्रतिद्वन्द्वी शैला देवीले ३०७ मत प्राप्त गरेकी छिन्।