भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छिन् । पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ५१८ मतले अगाडि देखिएकी छन् । ७३ हजार ७८७ गणना गर्दा मेयरकी उम्मेदवार रेनुले २८ हजार ६०८ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ९० मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार १३ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३० हजार ९०१ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले १७ हजार ९२० मत ल्याएकी छिन् ।
भरतपुर महानगरपालिकामा रेनुको फराकिलो अग्रता
ताजा समाचार
रेशमलाई रिहा गर्न प्रचण्डको मरिहत्ते
१० मिनेट अघि
मोदीलाई प्रचण्डका यी हुन् उपहार
१४ मिनेट अघि
कालीगण्डकी करिडोर कहिले सम्पन्न होला ?
४ घन्टा अघि
उज्जेकिस्तानलाई ३–१ सेटमा हराउँदै नेपाल तेस्रो
५ घन्टा अघि