मकवानपुरको मनहरीमा कार दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मकवानपुरको मनहरीमा कार दुर्घटना

हेटौंडा । मकवानपुरको मनहरीमा कार दुर्घटना भएको छ । दुर्घटनामा हेटौंडा–९ का योग्यराज सापकोटा गम्भीर घाइते भएका छन् । शनिबार बिहान मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको सापकोटा सवार प्रदेश–३–०१ ०२४ च २९३१ नम्बरको कार रोकिराखेको ट्यांकरसँग ठक्कर खाएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त कारमा सापकोटासहित उनकी श्रीमती, उनका दुईजना बच्चा रहेको र सबै घाइते भएको जनाइएको छ ।  घाइते ४ जनालाई उद्धार गरी उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज लगिएको जनाइएको छ । सापकोटाको र उनकी श्रीमतीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);