भरतपुर महानगरपालिकामा रेनुको अग्रता कायमै | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०७९, मंगलबार

भरतपुर महानगरपालिकामा रेनुको अग्रता कायमै

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै छ । २६,४२६ मत गणना हुँदा रेनुले ९५४२ मत प्राप्त गरेकी छिन् । त्यस्तै, एमालेका विजय सुवेदीले ८ हजार ८७ मत प्राप्त गरी रेनुलाई पछ्याइरहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३८२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरूङले
६ हजार ५९३ मत प्राप्त गरेकी छिन् ।

Leave a Reply