एसईईको नतिजा आन्तरिक मूल्यांकनका आधारमा प्रकाशन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

एसईईको नतिजा आन्तरिक मूल्यांकनका आधारमा प्रकाशन गर्ने

mantriparisad

काठमाडौं, २९ जेठ । सरकार माध्यमकि शिक्षा परीक्षा (एसईई) को नतिजा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा प्रकाशन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परीक्षा स्थगित भएका कारण विद्यार्थीको पढाइ र मनोविज्ञानमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै हरेक विद्यालयहरुले विद्यार्थीहरुको अन्तिम मूल्यांकन जिल्ला शिक्षा विभागमा पठाउने र विभागले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने निर्णय गरेको छ । बोर्डले आवश्यक कार्यविधि बनाएर नतिजा प्रकाशन गरी प्रमाणपत्र वितरण गर्ने प्रवक्ता खतिवडाले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);