काठमाडौं, २८ जेठ । असार ७ गते भित्र कर तिर्नुपर्ने सूचना सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतले उक्त सूचना खारेज गर्न माग गर्दै परेको रिटमा यस्तो आदेश गरेको हो ।
सरकारले जेठ २० गते सूचना जारी गरी जेठ २५ गतेसम्म कर बुझाइसक्नु पर्ने भनेको म्याद पछि बढाएर असार ७ गतेसम्म पुर्याइएको थियो ।
कोरोना जस्तो संक्रामक रोग फैलिएका कारण भएको लकडाउनको समयमा करदाताहरू कर तिर्न जान नसक्ने हुँदा लकडाउन सकिएको ३० दिनभित्र कर बुझाउन मिल्ने गरी सर्वोच्चले आदेशको माग गरेको छ ।