बेलझुण्डीबाट डिस्चार्ज हुनेको संख्या २१ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बेलझुण्डीबाट डिस्चार्ज हुनेको संख्या २१ पुग्यो

belajhundi hospital dang

बिकाश डांगी

दाङ, २७ जेठ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट तीन जना डिस्चार्ज भएका छन् । योसंगै कोरोना अस्पताल बेलझुण्डी अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २१ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका निर्देशिक अनुसार तीन जना डिस्चार्ज गरेको अस्पतालका सदस्य सचिब सर्बेश शर्माले बताउनुभयो । उनीहरु अस्पतालमा करिब १८ दिन राखिएको उहाँले बताउनुभयो ।

अहिले अस्पतालमा ४८ जना कोरोना संक्रमितहरु रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

#कोरोना #दाङ #बेलझुण्डी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);