निधन भएका घोराहीका व्यक्तिमा कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

निधन भएका घोराहीका व्यक्तिमा कोरोना पुष्टि

Dang_district_location

बिकाश डांगी
दाङ, २६ जेठ । भारतको दिल्लीमा निधन भएका घोराही १८ का एक ब्यक्तिमा कोरोना पुष्टि भएको छ । दाङको घोराही उपमहानगरपालिका १८ घर भई भारतको नयाँ दिल्लीमा ब्यवसायी गर्दै आएका एक व्यक्तिमा मुत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको हो ।

दम र सुगरबाट लामो समयदेखि पीडित भनिएका घोराही उपमहानगरपालिका १८ का ६० वर्षीय एक व्यक्तिमा मृत्युपश्चात कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । नयाँ दिल्लीमै उपचारका क्रममा मृत्यु भएका उनको शव जेठ २४ गते दाङ ल्याएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो ।

स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए । अन्तिम संस्कारका लागि घरमा ल्याइएको उनको कोरोना रिपोर्ट पोजिटिभ आएसँगै नेपाली सेनाले व्यवस्थापनका लागि तयारी गरेको छ । मृतकलाई ल्याएर आएका सहयोगी र शववाहन चालकलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

#कोरोना #दाङ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);