संसदीय गरिमा र मर्यादामा रहेर मन्तव्य दिन सभामुखको रुलिङ | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

संसदीय गरिमा र मर्यादामा रहेर मन्तव्य दिन सभामुखको रुलिङ

sabhamukh sapkota-ruling

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले संसदीय गरिमा र मर्यादामा रहेर मन्तव्य दिन सांसहरुलाई रुलिङ गर्नुभएको छ ।

सांसदहरुले बोल्ने क्रममा एक अर्कालाई आरोप प्रत्यारोप गर्ने सिलसिला संसद बैठकमा बढ्दै जान थालेपछि प्रतिनिधिसभाको आईतबारको बैठकमा सभामुख सापकोटाले संसदीय मर्यादालाई पालना गर्न सांसदहरुलाई रुलिङ गर्नुभएको हो ।

सभामुखले भन्नुभयो, ‘माननीय सदस्यहरूले बोल्ने क्रममा आरोप–प्रत्यारोपजस्तो भइरहेको छ । त्यसकारण म नियमावलीको २१ को ‘ङ’तिर सबै माननीय सदस्यहरूको ध्यानाकर्षण गराउन चाहन्छु । हामीले सबैको बुद्धि–विवेक लगाएर असाध्यै जोखिमपूर्ण समयमा पनि सदन चलाइरहेका छौँ । राष्ट्रिय महत्वका विषयमा हामी निष्कर्षमा पुग्नुपर्ने आवश्यकता छ । एउटा शक्तिशाली सन्देश दिन सफलतामा गइरहेको वेलामा व्यक्तिगत टीकाटिप्पणी आरोप–प्रत्यारोपतिर नजाऔँ । विषय उठिसकेको छ । मैले रुलिङ पनि गरिसकेको छु । सबै विवरणहरू हामी पल्टाएर हेर्नेछौँ ।’

सभामुखले भन्नुभयो, ‘माननीय सदस्य त्यो विषयमा मैले रुलिङ गरिसकेको छु । म सबै विवरण लिएर छानबिन गर्छु । म कार्यव्यवस्था परामर्श समितिमा राख्छु । त्यो विषयमा तपाईं प्रवेश नगर्नुहोला । माननीय सदस्यज्यू मैले भनिसकेको छु । संसदमा त्यो विषय नदोहोऱ्याउनुहोला । दुवैथरीले मलाई भन्नुभएको छ । त्यसकारण मैले लाइन काट्नुपर्ने हुन सक्छ । त्यो विषयमा नजानुहोला । ’

राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले हिन्दी भाषा बोल्नेप्रति संसदमा अपमान गरिएको भन्दै प्रसंग उठाएपछि सभामुखले ती विषयमा प्रवेश नगर्न सचेत गराउनुभएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);