काठमाडौं , जेठ २५ । कोरोना भाईरस संक्रमितको संख्याको आधारमा खराव मुलुकको सूचीमा नेपाल एकै दिन ५ स्थान माथि उक्लिएको छ ।
शनिबार ८५ औँ स्थानमा रहेको नेपाल संक्रमितको संख्या बढेसँगै एकै दिनमा ८० औँ स्थानमा पुगेको हो । कोरोना भाईरसका कारण खराब मुलुकको सूचीमा थाइल्याण्ड, ग्रीस, हाइटी लगायतका मुलुकलाई पछि पार्दै नेपाल ८० औँ स्थानमा पुगेको हो ।
नेपालमा शनिबार मात्रै ३ सय २३ जना संक्रमण देखिएको हो । संक्रमितको संख्याको आधारमा अमेरिका उच्च स्थानमा छ भने ब्राजिल, रसिया र स्पेनले क्रमश अमेरिकालाई पछ्याईरहेका छन् ।




