अर्थमन्त्रीले बजेट बनाउँदा व्यवसायीसँग मिलेर कमिसन लिए : रमेश जंग रायमाझी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

अर्थमन्त्रीले बजेट बनाउँदा व्यवसायीसँग मिलेर कमिसन लिए : रमेश जंग रायमाझी (भिडियोसहित)

ramesh suwal

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको रकमको विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ ।

संघीय संसद राष्ट्रिय सभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य रायमाझीले सरकारले खर्च भयो भनेर मात्रै नपुग्ने भन्दै खर्चको विवरण जानतासामु सार्वजनिक गर्न माग गर्नुभएको हो ।

रायमाझीले सरकारले कोरोना नियन्त्रणका लागि काम गर्न नसकेकै कारण मान्छेको मृत्यु भएपछि मात्रै परीक्षण गर्ने र पोजेटिभ रिजल्ट देखाउने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘जव मान्छेको मृत्यु हुन्छ अनि मात्र उसको कोरोनाबाट मृत्यु भएको भनेर पोजेटिभ रिजल्ट देखाइन्छ । हाम्रो प्रविधि कस्तो खालको प्रविधि हो ? हामीले कहाँबाट ल्याएको प्रविधि हो ? किन यस्तो हुन्छ । एउटा मान्छे विरामी भएर कोरोनाको चापमा परिसकेपछि उसलाई भेन्टीलेटरमा राखेर उसको उपचार गर्नुको सट्टा मृत्यु भइसकेपछि मात्रै हामी प्रमाणित गर्न खोजिरहेको छ । ’

उहाँले सरकारले सहयोग स्वरुप पाएको स्वास्थ्य सामग्रीहरुलाई बाजरमा कालाबजारीको हातमा पु¥याए विक्री गरिरहेको बताउनुभयो । उहाँले चीन भारत र एनआरएनए हरुले सहयोगमा दिएको सामग्रीहरु व्यापारीको हातमा पु¥याई विक्री गर्न सरकरका मन्त्री र सचिवहरु नै लागेको बताउनुभयो ।

यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट बनाउँदा व्यवसायीहरुसँग मिलेर कमिसन लिएको बताउनुभयो । उहाँले केही ठूला व्यापारीक घरानासँग मिलेर अर्थमन्त्री खतिवडाले चक्लेट र विद्युतिय सवारीमा कर बडाएको बताउनुभयो । उहाँले सरकारले बेवास्ता गरेका व्यवसायीहरुलाई कर तिर्नका लागि ऋण दिन अर्थमन्त्रीलाई आग्रह गर्दै त्यसको जमानी आफु बस्ने समेत बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);