वीरगञ्ज महानगर : राजपाको अग्रस्थान कायमै, कांग्रेसले झनै घटायो मतान्तर | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

वीरगञ्ज महानगर : राजपाको अग्रस्थान कायमै, कांग्रेसले झनै घटायो मतान्तर

वीरगञ्ज, ४ असोज । वीरगञ्ज महानगरपालिकाको जारी मत गणनामा दुई दलबीच कडा प्रतिष्पर्धा देखिएको छ। पछिल्लो मतपरिणाम अनुसार राजपाले अग्रस्थान कायमै राखेपनि कांग्रेसले भने मतअन्तर झनै घटाएको छ ।

मतपरिणाम अनुसार, यहाँ राष्ट्रिय जनता पार्टीका राजेशमान सिंहले १४०२ मतका साथ ‘लिड’ गरिरहेका छन् भने नेपाली कांग्रेसका अजयकुमार द्विवेदी १२०० मतका साथ दोस्रो स्थानमा छन्। राजपा र कांग्रेसबीच यसअघि २०८ मतको अन्तर रहेकोमा अहिले मतअन्तर घटेर २०२ पुगेको छ ।

यहाँ फोरम नेपाल तेस्रो स्थानमा छ । फोरमका मेयर उम्मेदवार विजयी सरागवी ६६६ मत पाएका छन् भने यसअघि चौथो स्थानमा रहेको एमालेले मतसंख्या बढाउँदै ५०७ पुर्याएको छ । माओवादी केन्द्रको उम्मेदवारको पक्षमा यसअघिकै ४४५ मत कायम छ । लोकतान्त्रिक फोरमका मेयर उम्मेदवारले पनि अघिल्लो मतसंख्यालाई नै कायम ३२५ मत प्राप्त गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);