वातावरण संरक्षणमा ध्यान दिन प्रधानमन्त्री ओलीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वातावरण संरक्षणमा ध्यान दिन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं, जेठ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षण र वातावरणको व्यवस्थापनका लागि ध्यान पु¥याउन सबै निकायसँग आग्रह गर्नुभएको छ ।

विश्व वातातरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले जैविक विविधताको संरक्षणका साथै यससम्बन्धी अध्ययन, अनुसन्धान र व्यवस्थापनमा योगदान पु¥याउने सबै व्यक्तिलाई आ–आफ्नो जिम्मेवारी अझ सशक्त ढङ्गले अघि बढाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको हो ।

निरन्तर बढ्दो जनसंख्याको चाप र विकासका क्रियाकलापको तीव्रतर कार्यान्वयनबीच वातावरणमैत्री विधि अपनाउनुपर्नेमा जोड दिँदै प्रकृतिलाई जोगाएमा मात्र मानव भविष्य सुरक्षित रहन सक्छ भन्ने विषयलाई आत्मसात् गर्दै कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);