रुखमुनी क्वारेन्टाइन : कोरोनाको भन्दा सर्प र हावाहुरीको त्रास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रुखमुनी क्वारेन्टाइन : कोरोनाको भन्दा सर्प र हावाहुरीको त्रास

rukhmuni quarantine

कपिलवस्तु, १८ जेठ । कपिलवस्तुमा सरकारी विद्यालय खाली नभएपछि आँपको रुखमुनी र खेतमा क्वारेन्टाइन बनाइएको छ । कपिलवस्तुको मधुनगरामा आँपको रुखमुनि र खेतमा पाल लगाई अस्थायी क्वारेन्टिनमा बनाइएको हो । सरकारले क्वारेन्टाइनको मापदण्ड बनाएपनि कपिलवस्तुको मधुनगरामा रुखमुखी र खेतमा पाल बनाएर क्वारेन्टाइन बनाइएको छ ।

कोरोनाको भय छ नै। गर्मी मौसमसंगै सर्प लगायतका विषालु जीव जन्तुको डर उत्तिकै छ । मौसम पनि प्रतिकुल छ । हावाहुरीसंगैको पानीसंगै निहँु खोज्नुपर्ने छ । तर, क्वारेन्टाइन गतिलो छैन । सरकारले दैनिक ३ हजार भुक्तानी गरेर होटेलमा क्वारेन्टाइन संचालन गर्ने भनिरहेको छ ।तर, कपिलवस्तुको मधुनगरामा रुखको ओत र खेतको आलीका आडमा बनेका क्वारेन्टाइनमा बस्नुपरेको छ ।

संविधानमा समाजवादउन्मुख लेख्ने सिंहदरबारलाई के थाहा ? कपिलवस्तुमा रुखको ओत र खेतका डिलका क्वारेन्टाइनमा रात कटाउनु परेका दर्द । संभावित बिरामीको उपचार गर्न खोज्य हो. कि यातना दिन ? यो दृष्यले प्रश्न गरिरहको छ, स्थानीयदेखि संघीय सरकारहरुलाई ।

गर्मीको समयमा खुला आकाश मुनि रात कटिरहेको छ । हावा हुरीको डर उत्तिकै छ । त्यो भन्दा डर सर्पको टोकाईको छ । कपिलवस्तुको यशोधरा गाँउपालिकाको वडा नं. ८ मा बाँसखोर, खोरिया र सिहोखोर स्थित विद्यालयमा भारतका विभिन्न शहरबाट आएका व्यक्तिले विद्यालयका र क्वारेन्टिन भरिभाराउ भएपछि रुख मुनि आस्थायी क्वारेन्टिनमा बनाएको हो । रातको समयमा ठूलो हावा हुरी आएपछि पलङमुनि लुक्नुपर्ने बाध्यता छ ।

जिल्ला स्वास्थ्य कार्यालयको पछिल्लो तथ्यांक अनुसार जिल्लाको १० वटै स्थानीय तहले निर्माण गरेको २ सय क्वारेन्टिनमा ११ सय ९० बेड रहेका छन । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ, जिल्लामा संक्रमण बढ्दो छ । भारतबाट फर्किएको तीन साता पुग्दैछ । रुखमुनीको क्वारेन्टाइनमा न गतिलो खाना छ । न गतिलो छाना छ । कोरोनाको डर छैन, तर विषालु जीव जन्तु सर्प बिच्छीको डर छ । एक गास खाना बाहेक न्यूनम सेवा केही छैन ।

रुखको ओत र खेलको आलीमा बनाइएका क्वारेन्टाइनमा बस्नेहरु भारतको मुम्बईबाट १० दिन पैदल हिडेर मातृभूमि फर्किएका हुन् । आफ्नै हातले भोट दिएका जनप्रतिधि कस्ता भए, उनीहरुको अनुहार देखिएको छैन । दश दिनको भोकभोकै पैदल यात्रामा कोरोनासंग निहुँ खोज्दै आए । तर गाउँ आउदा बस्ने गतिलो क्वारेन्टाइन छैन । क्वारेन्टाइन हो कि यातनागृह कस्ले उत्तर देला ?

संक्रममित हुनेहरुको कपिलवस्तुमा भीड छ । संक्रमणको आशंकामा रहेकालाई क्वारेन्टाइनमा राखिदै आएको छ । तर, क्वारेन्टाइन नहुदा रुखका ओत र खेतका आलीमा क्वारेन्टाइन बनाइएको छ । रुखमुनि र खेतका आलीमा बनेका क्वारेन्टाइनले यातना दिएका छन् तर, सुन्ने कोही छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);