काठमाडौ, १८ जेठ । लामो समय सरकारको अलमलपछि यतिबेला ऐतिहासिक सांस्कृतिक धार्मिक र पुरातात्वि सम्पदा रानीपोखरी पुर्ननिर्माण जारी छ ।
२०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरी यतिबेला राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौ महानगरको समन्वयमा पुर्ननिर्माण भइरहेको हो ।
पुर्ननिर्माणका अधिकांश कार्य पुरा भएको छ । पोखरीको पीँधमा कालोमाटो जडानमा ईंटा बिछ्याउने काम १२ प्रतिशत बाँकी छ । पोेखरीमा वाल लगाउने काम पनि ९५ प्रतिशत सकिएको छ ।