काठमाडौं, १५ जेठ । श्रमको उत्पादकत्व वृदि गरी सबै नेपालीलाई काम र रोजगारीको अवसर सिर्जना गरिने छ । आर्थिक वर्ष २०७७/८८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोभिड-१९ का कारण स्वदेश र विदेशमा रहेका नेपालीको रोजगारीमा परेको असरलाई मध्यनजर गरी देश भित्रै रोजगारीका थप अवसर सिर्जना गरिने बताउनु भयो । आफनो गाँउ आफै बनाउ भन्ने भावना सहित विपन्न परिवार लक्षित खाद्यान्न कार्यक्रम संचालन गरिने पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री कार्यक्रमको दायरा विस्तार गरी सार्वजानिक विकास निर्माण कार्यको लागि ११ अर्ब ६० करोड बजेट छुट्याईएको पनि बताउनु भयो । मजदुरहरुको सीप रुपान्तरण गरि आगामी वर्षमा ७५ हजार नेपालीलाई सीपमुलक तालिमको लागि ४ अर्ब ३४ करोड विनियोजन गरिएको छ ।
सबै नेपालीलाई काम र रोजगारीको अवसर सिर्जना गरिने
ताजा समाचार
संघीय संसदका दुवै अधिवेशन आह्वान
२२ घन्टा अघि
तोलामा ११ सयले बढ्यो सुन
२२ घन्टा अघि
प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाइ
२३ घन्टा अघि