एजेन्सी, ४ असोज । सामुद्रीक आँधी मारिया अमेरिकी मुलुकको भर्जिन आइल्याण्ड र पोर्टो रिकोमा प्रवेश गर्ने सम्भावना रहेको छ । आँधीबाट भर्जिन आइल्याण्ड र पोर्टो रिकोमा हुनसक्ने क्षतिबाट बच्न अधिकारीहरुले सचेत गराएका छन् ।
मौसम विभागका अनुसार आँधी क्याटागोरी ४ बाट क्रमश शक्ति आर्जन गर्दै क्याटगोरी ५मा पुगेको कारण निकै ठुलो क्षति पुर्याउने सम्भावना रहेको छ ।
आँधीका कारण सोमबार डोमिनिका आइल्याण्डमा ९० प्रतिशत भन्दा बढि सम्पत्तिको क्षति पुगेको बीबीसीले जनाएको छ । यो वर्ष मात्रै क्याटेगरी ५ का दुईवटा आँधी आइसकेका छन्।