नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी, एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी, एकको मृत्यु

corona virous

काठमाडौं, १२ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यससंगै कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका छन् । उनका अनुसार अछामका ३२ वर्षीय १ जना, बर्दीयाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रवक्ता डा.देवकोटाका अनुसार मृत्यु हुनेमा बाराकाे करैया गाउँपालिका वडा नं.७ बस्ने एक जना ७२ वर्षिय बृद्धको जेठ ४ गते बिरगंजकाे नेशनल मेडिकल कलेजमा उपचारका क्रममा कोरोनाका कारण मृत्यु भएको पुष्टी गरेका छन् ।

देशभर हालसम्म कोरोना ११२ जना निको भएका घर फर्केका छन् भने चार जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);