नयाँ नक्सा प्रचलनमा ल्याउन राज्यका सबै कार्यालयलाई परिपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नयाँ नक्सा प्रचलनमा ल्याउन राज्यका सबै कार्यालयलाई परिपत्र

New Nepal Map

काठमाडौं, ११ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रचलनमा ल्याउन राज्यका सबै कार्यालयलाई परिपत्र गरेको छ ।

आइतबार मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा प्रचलनमा ल्याउन राज्यका सबै कार्यालयलाई परिपत्र गरेको हो ।

राजपत्र र नापी विभागद्वारा प्रकाशित नयाँ नक्सासमेत राखेर आइतबार सबै कार्यालयलाई पत्र पठाइएको मन्त्रालयले जनाएको छ । सात प्रदेशलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय तथा ७ सय ५३ स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्र पठाई नयाँ नक्सा प्रचलनमा ल्याउन परिपत्र गरिएको हो ।

यहि जेठ ५ गते बसेको मन्त्रिपरिषद बैठकबाट स्वीकृत नेपालको नयाँ नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत बुधबार सार्वजनिक गरेको थियो ।

मन्त्रालयले पत्रमा देशभरका सबै कार्यालयमा पुरानोको ठाउँमा नयाँ नक्सा राख्नसमेत भनेको छ । पत्रमा सबै कार्यालयलाई भूमि व्यवस्था मन्त्रालय र नापी विभागको वेबसाइटमा रहेको नयाँ नक्सा प्रिन्ट गरी कार्यालयमा राख्नसमेत आग्रह गरिएको छ ।

मन्त्रालयले गत शुक्रबार राजत्रपमा नयाँ नक्सा प्रकाशनसमेत गरिसकेको छ भने नापी विभागले नयाँ नक्सा छापेर कार्यालयहरूलाई वितरण गर्न थालिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);