संघीय संसद र सांसदको लोगो परिवर्तन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

संघीय संसद र सांसदको लोगो परिवर्तन हुने

naya logo

काठमाडौं, ११ जेठ । राष्ट्रिय सभाले सरकारले जारी गरेको नयाँ नक्सा अनुसार संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो र सांसदको लोगो परिवर्तन गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो ।

सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समितिले सो निर्णय गरेको हो । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोही अनुसार परिवर्तन गर्ने निर्णय गरिएको बताउनुभयो ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम २ सय २१ अनुसार सांसदहरुको पोशाक र संघीय संसदको प्रतिक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ । हाल नेपालको संघीय संसदको लोगोमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र छुटेको छ ।

बैठकले जेठ १२ गतेका लागि बोलाएको बैठक एक दिन पर सारेको छ । १२ गते मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक एकदिन पर सारिएको हो । बैठक १३ गते ११ बजे बस्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);