ला लिगाको खेल तालिका सार्वजनिक, पहिलो खेलमा को-को भिड्दै ? | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८१, शुक्रबार

ला लिगाको खेल तालिका सार्वजनिक, पहिलो खेलमा को-को भिड्दै ?

laliga

एजेन्सी , ११ जेठ । स्पेनिस ला लिगा फुटवलको खेल तालिका सार्वजनिक भएको छ । स्पेनिस सरकारले ला लिगा आगामी जुन ८ तारिखबाट सुचारु गर्न अनुमती दिएपछि खेल तालिका सार्वजनिक गरिएको हो ।

खेल संचालनको अनुमति पाएसंगै जुनको दोस्रो साताबाट लिग सुचारु गर्ने तयारी गरिएको हो । कोरोना भाइरसका कारण ला लिगा २ महिनाका लागि स्थगित भएको थियो । खेल संचालन हुने भएपछि आयोजकले नयाँ खेल तालिका बनाएका छन ।

ला लिगा सुचारु हुँदा पहिलो खेल सेभिया र रियल बेटिस विच हुनेछ । यस्तै अर्को खेलमा बार्सिलोनाले अवे खेलमा रियल मार्लोकासँग प्रतिस्पर्धा गर्नेछ भने रियल म्याड्रिडले घरेलु मैदानमा इबारसँग खेल्नेछ । यस्तै एथ्लेटिक क्लवले एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ भने भ्यालेन्सिया डर्वीमा लेभान्टे र भ्यालेन्सिया खेल्नेछन् ।

रियल सोसिडाडले ओसासुनासंग खेल्नेछ । त्यसैगरी गेटाफेले ग्रानाडासँग खेल्नेछ ।यस्तै रेलिगेसन जोनमा रहेका इस्पानोयलले अलाभेससँग प्रतिस्पर्धा गर्दा लेगानेसले रियल भालाडोलिड र सेल्टा भिगोले भिल्ला रियलसँग प्रतिस्प्र्धा गर्नेछ ।

जारी सिजनमा बार्सिलोना ५८ अंकका साथ शिर्ष स्थानमा रहेको छ । बार्सा भन्दा दुई अंकले पछाडी रहेको रियालको ५६ अंक छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);