बिनिता केसि
काठमाडौ, १० जेठ । सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको कोरोनाबाट मृत्यु भएपनि उनले जन्म दिएको शिशुको अवस्था स्वस्थ छ । ९ दिनको सुत्केरी आमको मृत्यु भएपछि शिशुको लालनपालन र भविष्यका लागि सहयोगी हातहरु जुटिरहेका छन् ।
आर्थिक रुपले विपन्न परिवारमा कोरोनाकै कारण सुत्केरीको मृत्यु भएपछि शिशुका लागि स्वदेश तथा विदेशबाट सहयोग जुटिरहेको हो ।
कोरोनाको कारण सुत्केरीको मृत्यु भएपछि शिशुको लालनपालनका लागि सहयोगी हातहरु जुटेका हुन् । सिन्धुपाल्चोकी २९ वर्षीय सुत्केरीको उपचारका लागि धुलीखेल ल्याउदै गर्दा मृत्यु भएको थियो ।
सुत्केरीको मृत्युपछि पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता मोहनबहादुर बस्नेतले शिशुका लागि ५० हजार सहयोग गर्नुभएको छ । नेता बस्नेतसंगै बेलायतमा बस्दै आउनु भएका माया गुरुङ र पार्वती गुरुङले पनि ५० हजार सहयोग गर्नुभएको छ ।
सहयोग गर्ने दानबीरहरु आएपछि शिशुको लालनपालन समस्या त अब नहोला ,तर जन्मदिने आमा नै नभएपछि परिवार शोकमा डुबेको छ । कोरोनाबाट सुत्केरीको मृत्यु भएपछि परिवारमा यतिबेला अकल्पनीय पीडा छ ।
सुत्केरी मृत्युपछि शिशुको लालनपालन गर्न नेता बस्नेतले हात अघि बढाउनु भएको पछ । शिशुको लालनपालन शिक्षाका लागि सहयोगी हात बढाउनु भएका नेता बस्नेतले सिन्धुपाल्चोका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीका लागि कोरोना बीमाको व्यवस्था गर्ने घोषणा गर्नु भएको छ ।
कोरोनाले ९ दिने सुत्केरीको मृत्यु भएपछि विपन्न परिवारको आर्थिक अवस्थामा सहयोग गर्न सहयोगीहरुले हात बढाएका छन् । यस्ता सहयोगी हातहरु बढ्दै जाँदा अभिभावक गुमाउनेहरुलाइ केही राहत पनि भएको छ । नेता बस्नेत, बेलायतमा बस्ने माया गुरुङ र पार्वती गुरुङहरु जस्तै अन्यले पनि सहयोग गर्ने हो, भने दुखमा परेका सयौ विपन्नहरुलाई राहत मिल्ने थियो कि ?




