काठमाडौं, ७ जेठ । गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु नभएको तर अवस्था गम्भीर रहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले स्पष्ट पारेको छ ।
केही सञ्चारमाध्यममा उनको मृत्यु भएको भन्दै समाचार प्रकाशित भएपछि अस्पतालले त्यसको खण्डन गर्दै उनको आईसीयू कक्षमा भेन्टिलेटर कक्षमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुष शिक्षक उपचार भइरहेको विज्ञप्तिमा जनाएको छ । उनमा जेठ ५ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको थियो ।
उनको अवस्थाबारे निरन्तर भ्रामक समाचार आएको भन्दै अस्पतालले त्यस्ता समाचारको पछि नलाग्न अपिल गरेको छ ।