बँदेलको आक्रमणमा परी पाँचजना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कञ्चनपुर, ४ असोज । जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन्। घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो।

नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले आक्रमण गर्दा वर्ष २६ का सुरेन्द्र साउद, वर्ष ४५ की मनिता बोहरा, वर्ष २० का मानबहादुर साउद, वर्ष १८ का जानकी बोहरा र वर्ष ५८ का कल्याण बोहरा घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए। घाइत पाँचैजनाको कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);