काठमाडौं, ४ जेठ । नेपालमा पहिलो पटक कोरोना भाईरसबाट मृत्यु भएकी महिला प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले समवेदना प्रकट गर्नु भएको छ ।
कोरोनाका कारण नेपालमा पहिलो पटक २९ वर्षिय महिलाको मृत्यु भएकोमा आईतबार बिहान प्रधानमन्त्री ओलीले ट्युट गर्दै समवेदना प्रकट गर्नु भएको हो ।
प्रधानमन्त्रीले कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले आफूलाई अत्यन्त दुःखी तुल्याएको र मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
यस्तो थियो ट्युट :