काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिजन्य व्यवसायलाई मुख्य व्यवसायको रुपमा लिई रोजगार प्रधान गरिने सरकारको नीति रहेको बताउनु भएको छ । उहाँले कृषि उत्पादनमा वृद्धि गर्ने कृषि अनुसन्धान सम्बन्धी तालीम प्रधान गरिने बताउनु भयो । उहाँले विदेशबाट फर्केका युवाहरुलाई कृषि क्षेत्रमा परिचालन गरिने बताउनु भयो । वास्तविक कृषकलाई अनुदान दिने सरकारले नीति ल्याउने पनि बताउनु भयो ।
राष्ट्रपति भण्डारीले बाझो जग्गा आदीमा तरकारी, फलफुल लगाउन आम नागरीकलाई प्रेरीत गर्ने पनि बताउनु भयो । अर्गानीक उतपादनलाई प्रथामीकता दिइ, कृषि भुमीको दैनीक माटो परिक्षण गरिने र कृषि उपजको बजारीकरण लाई सहज बनाउने पनि बताउनु भयो । उहाँले प्रत्येक प्रदेशमा र स्थानीय तहमा खाध बस्तुको भण्डारण गरिने बताउनु भयो । त्यस्तै कृषि योग्य भूमिको उपयोग गरी कृषि उत्पादन गर्ने नीति कार्यवन्यनमा ल्याइने पनि बताउनु भयो ।




