काठमाडौं, २ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्किने सवारी पास पाउनु भएको छ । उहाँ बिहान ८ बजे झापाबाट काठमाडौंका लागि प्रस्थान गर्नुभएको हो ।
पूर्वराजा शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले काठमाडौं आउनका लागि दिएको सवारी पास बिहीबार रद्द भएको थियो । जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार नै जारी गरेको पास गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गर्नुभएको थियो ।
बिहीबार जारी भएको पास गृहमन्त्रालयको स्वीकृत नभएको भन्दै रद्द गरिएको थियो । पछि गृहले पास दिन भनेपछि बिहीबार नै उहाँलाई पास दिइएको थियो ।