लकडाउनको कारण यातायात व्यवसाय ठप्प, यातायात व्यवसायी र श्रमिक बढि प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

लकडाउनको कारण यातायात व्यवसाय ठप्प, यातायात व्यवसायी र श्रमिक बढि प्रभावित

काठमाडाै  १ जेठ । कारोना भाइरसले विश्वकै अर्थतन्त्रलाई तहसनहस बनाएको छ । अहिले विश्व नै महामारीसँग संघर्ष गरिरहेको छ । कोरोना संक्मणका कारण लाखौ मानिसले ज्यान गुमाइसकेका छन् । नेपाल पनि कोरोना भाइरसबाट प्रयत्क्ष रुपमा प्रभावित भएको छ । एक महिना भन्दा लामो लकडाउनले सर्वसाधारणहरु प्रत्यक्षरुपमा मारमा परेका छन् ।

लकडाउन पछि उद्योग,हवाइ, यातायात सबै ठप्प रहेका छन् । यातायात बन्द हुँदा मानिसहरु एकै ठाँउमा बस्न बाध्य बनेका छन् ।यातायात बन्द हुँदा अहिले यातायात व्यवसायी र कामदारहरु बढि मर्कामा परेका छन् ।सवारी साधन लिएर विभिन्न ठाँउमा पुगेका कामदारहरु जहाँको त्यही बस्न बाध्य भएको र खान बस्नको पनि समस्या भएको कामदारको भनाइ छ । बैंकबाट लोन लिएर व्यवसाय गरेका यातायात व्यवसाहीहरुलाई लोन तिर्न सक्ने अवस्थामा छैनन् । यस्तो अवस्थामा यातायात व्यवसायी र कामदारहरुको लागि विशेष प्रकारको राहत आवश्यक देखिन्छ।

कोरोना भाइरसले यातायात व्यवसायी र कामदारको अहिलेको अवस्था बारे विजनेश प्लस टेलिभिजनकी मनिषा भण्डारीले नेपाल यातायात व्यवसायी राष्ट्यि महासंघका महासचिव सरोज सिटौला, नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ,नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र यातायात व्यवस्था विभागका सूचना अधिकारी तिर्थराज खनालसँग गरिएको कुराकानी ।

नेपाल यातायात व्यवसायी राष्ट्यि महासंघका महासचिव सरोज सिटौलाले यातायात जब सम्म संचालन हुन्न तब सम्म कुनै क्षेत्र पनि चलायमान हुन नसक्ने बताउनु भएको छ । एक महिना भन्दा बढि गाडीहरु ग्यारेजमा थन्केको अवस्थामा पनि बैंकहरुले व्याज तानीरहेको अहिले यातायात व्यवसायी बढि समस्यामा परेको बताउनु भएको हो ।

नेपाल टे्ड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले यातायातमा काम गर्ने कामदारहरु बढि समस्यामा परेको र अहिले रोजगारी पनि गुमेकोले उनीहरुमा आश्रित परिवार पनि विचलित भएको बताउनु भएको छ । वर्षौ काम गर्ने कामदारहरुले गरेको कामको मुल्याङन हुन नसकेको र कामदारको लागि नियुक्ति पत्र अनिर्वाय रुपमा दिने भएपनि नियुक्त पत्र अहिले सम्म पनि नपाएको गुनासो गर्नुभयो।

नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले यातायात श्रमिकहरुको लागि सरकारले वास्ता नगरेको बताउनु भएको छ । न्युन तलव पनि अहिले नपाएको र भताको भरमा काम गरिरहेका मदजुरहरुलाई व्यवसायीले अहिले पनि कुनै सहयोग नगरेको बताउनु भएको हो ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तिर्थराज खनालले लकडाउनले सबैलाई प्रत्यक्ष रुपमा असर परेकोले यातायात व्यवसायी कामदार सबैको लागि सरकारले विशेष ल्याउनको लागि सबैसँग छलफल पनि भइरहेको बताउनु भएको छ ।

थप जानकारीको लागि तलको भिडियो हेर्नुहोला

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);