काठमाडौं, ३० वैशाख । सांसद भीम रावलले अबको बजेट सीमा क्षेत्र तथा जनता मुखी होस् भन्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै रावलले २०७७/७८ का छुट्टाईने बजेट सीमा क्षेत्र तथा जनता मुखी होस् भन्ने अभिव्यक्ती राख्नुभएको छ । बजेटमा नीति र सिद्धान्तलाई जोड दिदै सांसद रावलले उक्त सुझाव दिनुभएको हो ।
कोरोनाले जनता, सीमा क्षेत्र तथा सम्पूर्णको अवस्था पूर्ण रुपले क्षति हुने भएकोले पूर्वानुमान गरी सो बजेट ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।




