काठमाडौँ, ३ असोज । प्रदेश नम्बर २ का स्थानीय तहमा सोमबार भएको निर्वाचनमा मतगणना जारी छ। आगामी शनिबारसम्म सबै नतिजा सार्वजनिक गर्ने गरी भएको मतगणनामा मंगलबार राति ८ बजेसम्म ६२ स्थानको प्रारम्भिक परिणाम प्राप्त भएको छ।
अहिलेसम्मको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले सबभन्दा बढी २२ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ भने दोस्रो स्थानमा रहेको एमाले १२ स्थानीय तहमा अगाडि छ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम १० स्थानमा अग्रता लिदैं तेस्रो स्थानमा छ भने माओवादी केन्द्र र राजपा नेपालले ९ ९ स्थानीय तहमा अग्रता लिईरहेका छन्।