काठमाडौं, २८ वैशाख ।
महाकाली चार लेनको पुल
यतिबेला नोभल कोरोना भाईरस (कोडिभ१९)को संक्रमणले विश्वभरि प्रभाव पारेको छ । लकडाउनका कारण कञ्चनपुरको गौरबको योजना महाकाली चार लेनको पुल समेत समयमै नबन्ने देखिएको छ । तीन बर्षमा निर्माण कार्य सक्ने जिम्मा पाएको निर्माण कम्पनीले कोरोनाका कारण निर्माणकार्य प्रभावित भएको जनाएको छ ।
भीमदत्त नगरपालिका १२ र १३ नं वडाका ओदालीदेखि महाकाली नगरपालिका–१ चाँदनी जोड्ने हिसाबले महाकाली नदीमा पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण सेवा प्रालिले कोरोनाका कारण पुल निर्माण कार्य सुस्तगतीमा भईरहेकोे जनाएको छ । गत ८ चैत्रदेखि बैशाख १२ सम्म काम पूर्ण ठप्प भएको महाकाली पुलको काम लकडाउनमा चलेपनि निर्धारित समयमा काम नहुने देखिएको छ ।
गौतमबुद्ध विमानस्थल
कोरोना भाईरस संक्रमणका कारण अधिकांस क्षेत्रका कामकाज ठप्प छ । सरकारले सुरक्षित तवरले ठूला आयोजनालाई सञ्चालन गर्न दिने निर्णय अुनसार निर्माणधीन गौतमबुद्ध विमानस्थलको कामले भने निरन्तरता पाएको छ । लकडाउनका कारण केही उपकरणहरुको आयात रोकिएर अप्ठ्यारो भएपनि चिनियाँ प्राविधिकहरुले निर्माण कार्यलाई निरन्तरता दिएका छन् ।
सरकारले सुरक्षित तवरले ठूला आयोजनालाई सञ्चालन गर्न दिने निर्णय बमोजिम निर्माणको अन्तिम चरण रहेको भैरहवा स्थित विमानस्थलमा रहेका चिनिँया कम्पनी तथा प्राविधिकहरुले काम जारी राखेका छन् । चिनियाँ प्राविधिक सहितको २९ कामदार र करिब १ सय नेपाली जनशक्तिले नियमित काम गरिरहेका छन् । टर्मिनल भवनको फिनिसिङ, धावनमार्गका विद्युतीय काम लगायतले तिब्रता पाएको छ ।
सडक सुधारमा पाल्पा
लकडाउनका कारण राजमार्ग तथा सहायक राजमार्गहरु सुनसान रहेको समयमा पाल्पाका विभिन्न नगरपालिकाहरुले राजमार्ग तथा सडक सुधारका कामहरु गर्दै आएको छ । अन्य बेला चौविसै भण्टा व्यस्त हुने सडक लकडाउनका कारण शुन्य भएका बेला पाल्पामा दैनिक १८ भण्टासम्म धमाधम सडक सुधारका कामहरु हुँदै आएका हुन् ।
लकडाउनका कारण अधिकांस उद्योग कलकारखाना तथा विभिन्न कार्य क्षेत्रहरु ठप्प हुँदा पाल्पा भने महत्वपूर्ण विकास निर्माणका कामहरुले भने निरन्तर सञ्चालनमा रहेका छन् ।लकडाउनमा समेत पाल्पाका महत्वपुर्ण विकास निर्माणका कामहरु निरन्तर संचालनमा रहेका छन । लकडाउनको समयमा भने पाल्पाका दुई मुख्य राजमार्गमा धमाधम सडक सुधारको काम भईरहेको छ । तानसेन नगरपालिकाले लकडाउन भएदेखि नै तानसेन तम्घास सडक र डिभिजन सडक कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक सुधारको काम गर्दै आएका छन् ।
विस्तृत विवरण विजनेश प्लस टेलिभिजनका लागि कल्पना सानु भट्टराईले जिल्लाका सहकर्मी साथीहरुको सहयोगमा तयार पारेको रिपोर्ट ।