लकडाउनमा स्थानीय निकाय के गर्देछन् ? प्रतिनिधिका बोली (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

लकडाउनमा स्थानीय निकाय के गर्देछन् ? प्रतिनिधिका बोली (भिडियोसहित)

p

काठमाडौं, २८ वैशाख ।

सुवर्ण श्रेष्ठ– मेयर, शंखरापुर नगरपालिका, साँखु

शंखरापुर नगरपालिकाले जनतालाई सुरक्षित राख्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । अहिले व्यवसायहरु बन्द रहेका छन् । बाहिरबाट आउने व्यक्तिहरुको स्वाथ्य जाँच गरिएको छ । अब सरकारले पनि विकास निमार्णका कामहरु सुचारु गनुपर्ने बेला आएको छ । स्थानीय तह तथा प्रदेश सरकारले लगाएको ठेक्काहरुको काम लकडाउनले गर्दा बन्द रहेको थियो भने अब विस्तारै कसरी सञ्चालन गर्ने भन्ने योजना बनाइरहेको छ ।

केहि विकास निर्माणका रोकिएका कामहरु सञ्चालन गर्न नगरपालिका सहयोग गर्न तयार छ । केही विकास निर्माणका कामहरु ५०-६० प्रतिशत भएका छन भने केही बाँकी रहेका छन् । लकडाउन बढदै जादा विकास निर्माणका कामहरु रोकिएकाले धेरै प्रभाव परेको छ । अबको बजेटमा नगरपालिकाले पूर्वाधारमा जोड दिनेछ । लकडाउन लम्बिँदै गर्दा नगरवासलाई आयआर्जनका स्रोत, जीविकोपार्जन र नगरवासीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्नेबारे छलफल जारी छ ।

डा. धवल शमशेर राणा– मेयर, नेपालगंज उपमहानगरपलिका, बाँके
नेपालगंजमा कोरोना संक्रमण बढदै गएपछि त्रास पनि धेरै नै छ । सुरक्षा अपनाएर विकास निर्माणका कार्यहरु सञ्चालन गर्ने योजनामा उपमहानगरपालिका रहेको छ । अहिले कोरोना भाइरसले नेपाललाई मात्र नभएर विश्व अर्थतन्त्र नै धरासायी बन्दै गएको छ ।

यसले गर्दा केही मात्रका विकास निर्माणका आयोजनाहरु सञ्चालन गर्नुपर्ने आवश्यक भएकाले सुचारु गर्ने योजना छ । अब आउने बजेटमा विदेशबाट धेरै युवाहरु फर्किने भएकाले ती युवाहरुलाई रोजगारी दिनका लागि सरकारले साना–साना उद्योगहरु सञ्चालन गर्न लागि संघीय सरकारले बजेट केन्द्रित गर्नुपर्ने छ ।

विजनेश प्लस टेलिभिजनका लागि पुजा बेल्वासेसंग भएको यो अन्तर्वार्ता तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);