नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ १७ २०८१, बिहीबार

नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो

corona virous

काठमाडौं, २७ वैशाख । शनिबार थप सात जनामा कोरोना भाइरस पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ ७ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु उदयपुर, कपिलवस्तु र पर्साका हुन् ।

उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीया महिला र कपिलवस्तुका १७ वर्षका एक, १८ वर्षका दुई पुरुषसँगै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

corona update today

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);