कोरोना चुनौतिले स्वास्थ्य क्षेत्रमा सुधार गर्ने अवसर (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८३, शनिबार

कोरोना चुनौतिले स्वास्थ्य क्षेत्रमा सुधार गर्ने अवसर (भिडियोसहित)

comb

काठमाडौं, २६ वैशाख । कोरोनाको महामारीले नेपाली समाजका हरेक आयामहरुमा परिवर्तन ल्याइदिएको विज्ञहरुले बताउनु भयो छ । माउन्टेन टेलिभिजनको पब्लीक भ्वाइस कार्यक्रममा बोल्दै विज्ञहरुले स्वास्थ्य क्षेत्रमा बजेटसंगै संरचनागत सुधार गर्ने अवसर पनि आएको बताउनुभएको हो ।

पाटन राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अर्जुन कार्कीले समग्र स्वास्थ्य क्षेत्रमा पनि सुधार गर्ने अवसर कोरोना चुनौतिले ल्याइदिएको बताउनु भएको छ । कोरोनाले थिंकिङ सिस्टमको व्यवहारीकरुपमा लागु हुनुपर्ने परिस्थिति ल्याइदिएको बताउनु भएको छ । बजेट मात्रै सबै थोक नभएकोले साध्य र साधनबाट मात्रै स्वास्थ्यमा सुधार आउने उहाँको धारणा छ ।

स्वास्थ्य पर्यटन र स्वास्थ्य रोजगारीको गन्तव्य नेपाल बन्ने एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले कोरोनाले नेपालको स्वास्थ्य क्षेत्रमा अवसर ल्याइदिएको बताउनु भएको छ । स्वास्थ्य क्षेत्रको थप सुधारका लागि सरकारले सरकारी लगानी बढाउनुपर्ने उहाँको सुझाव छ ।