नेपाली भूमि अतिक्रमण गर्दै भारतले खोल्यो मानसरोवर जाने बाटो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेपाली भूमि अतिक्रमण गर्दै भारतले खोल्यो मानसरोवर जाने बाटो

BATO KHOLYO-1

काठमाडौं, २६ वैशाख । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । नेपाली पक्षसँग कुनै सल्लाह नगरी निर्माण गरिएको उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्नुभएको हो ।

भारतले सन २०१९ को नोभेम्बरमा नयाँ राजनीतिक नक्सा जारी गर्दै नेपाली भूमि मिचेपछि उत्पन्न समस्या कूटनीतिक माध्यममार्फत समाधान नभइरहेको अवस्थामा फेरि नेपाली भूमिमै चीनसँग सीमा जोड्ने नाकासम्म सडक मार्ग निर्माण गरेको हो । भारतीय रक्षा मन्त्री सिंहले भारतको उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गको भारतीय सेना प्रमुखसहित उपस्थित रहेको कार्यक्रममा उद्घाटन गर्नुभएको हो ।

भारतले नेपाली भूभागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो भूभाग भन्दै नयाँ राजनीतिक नक्सामा राखेर सार्वजनिक गरेपछि विवाद भएको थियो । त्यसपछि नेपालले भारतलाई कूटनीतिक माध्यमबाट संवाद गर्नका लागि पत्राचार पनि गरेको थिथो ।

भारतले वार्ता गर्ने बताए पनि बैठकको मिति तय नहुँदा अहिलेसम्म दुई मुलुकका परराष्ट्र सचिवस्तरीय वार्ता हुन सकेको छैन ।सीमाबिदले नेपाली क्षेत्रमा छिरेर भारतले बाटो खोल्नु गलत भएको बताएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);