भारतबाट आफन्त फर्काउन माग गर्दै नगरपालिका कार्यालय घेराउ | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

भारतबाट आफन्त फर्काउन माग गर्दै नगरपालिका कार्यालय घेराउ

gherau

कञ्चनपुर, २६ वैशाख । कोरोना भाईरसका कारण विभिन्न देशमा मजदुरीका लागि पुगेका लाखौँ नेपाली नागरिकहरु विदेशमा अलपत्र परेका छन् । हवाई मार्गबाट आउनु पर्ने मूलुकका नागरिकहरुलाई त हवाई सेवा बन्दले रोकेको छ नै स्थलमार्ग हुँदै आउन मिल्ने छिमेकी मुलुकमा समेत हजारौँ नेपालीहरु अलपत्र परेका छन् ।

कञ्चनपुरको महाकाली नगरपालिकाका नागरिकहरुले भारतमा अलपत्र परेका आफ्ना आफन्तहरुलाई स्वदेश ल्याईदिन माग गर्दै नगरपालिका कार्यालय घेराउ गरेका छन् । कति स्थानीयहरु आक्रोशित देखिन्छन् त भावुक । यस्तो महामारीको समयमा पनि सरकारले आफुहरुको माग प्रति बेवास्ता गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

भिडियो हेर्नुस्: