हिमपहिरोमा बेपत्ता भएका ७ जनाकै शव फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

हिमपहिरोमा बेपत्ता भएका ७ जनाकै शव फेला

himpahiro

कास्की, २० वैशाख । कास्की जिल्लाको अन्नपूर्ण गाँउपालिकामा गएको हिमपहिरोमा परेर बेपत्ता भएका सातै जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको छ ।

गत वर्षको माघ ३ गते अन्नपूर्ण गाँउपालिका वडा नं ११ मा पर्ने हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा बेपत्ता भएका तीनजना नेपाली गाईड तथा चारजना कोरियन पर्यटकको शव शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको पश्चिम पृतना हेड्क्वार्टरको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले दुई जना नेपाली गाइड र तीनजना कोरियन पर्यटकहरुको शव शुक्रबार नै पहिल्यै नै फेला परिसकेको थियो ।

टोलीले शनिबार थप एकजना नेपाली र एकजना कोरियनको शव फेला पारेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);