वडा कार्यालयमा राहत लिन फारम भर्नेहरुको ठूलो भिड | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

वडा कार्यालयमा राहत लिन फारम भर्नेहरुको ठूलो भिड

rahat line ko bhid

काठमाडौं, १८ वैशाख । लकडाउनका कारण अफ्ठ्यारोमा परेका नागरिकहरुलाई स्थानीय तहहरुले राहत वितरण गरिरहेका छन् । घरभन्दा टाढा रहेका, दैनिक ज्याजामजदुरी गर्नेहरुलाई स्थानीय तहहरुले वितरण गर्ने राहतले केही सहज भएको छ ।

देशभरीका स्थानीय स्थानीय तहहरुले राहत वितरण थालेका हुन् । उपत्यकामा पनि काठमाडौं महानगरपालिकाले राहत वितरण थालेको छ । महानगरका वडा कार्यालयहरुमा राहत लिने र लिन फारम भर्नेहरुको ठूलो भिड लाग्ने गरेको छ ।

अध्ययनका लागि आएका विद्यार्थी, मजदुरहरुलगायत राहत लिनका लागि बिहिवार फारम भर्न लामो लाइनमा बसेका थिए । वडा कार्यालयले भिड व्यवस्थापन भने गर्न सकेका छैनन् । विशेषगरी अहिलेको समयमा सामाजिक दुरी कायम गर्नुपर्ने भएपनि राहतका लागि फारम भर्न लाइनमा बसेकाहरुले त्यसको पालना गरेका छैनन ।

बिहीबार महानगरपालिकाको वडा नम्बर ३० मा पनि राहत लिन फारम भर्नेहरुको त्यस्तै भिड लागेको थियो । काखमा बच्चा बोकेका महिला देखि डेरा गरी बस्ने विद्यार्थी र अन्य नागरिकहरु राहतका लागि फारम भर्न लामो लाइनमा बसेका थिए ।

लक डाउन जारी भएको केही दिनपछिबाटनै महानगरपालिकाले राहत वितरण थालेपनि सहज तरिकाले राहत पाउन नसकिएको गुनासो सर्वसाधारणहरुले गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);