राहदानीमा बिचौलिया हावी ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

राहदानीमा बिचौलिया हावी ( भिडियो रिपोर्ट )

सन्दीप रिजाल \ माउण्टेन टेलिभिज एचडि ।

काठमाडौँ, पौष १४। नवलपरासिका हेमन्त प्रसाईं क्षेत्री दुई हप्ता भयो त्रिपुरेवर स्थित राहादानी विभाग धाउन थालेको । तत्कालै राहदानी आवश्यक परेपछि काठमाडौं आएका उनले हाल सम्म पनि राहदानी बनाउन सकेका छैनन् । पासपोर्ट बनाउनका लागि पहिले अनलाईन मार्फत फारम भर्नु पर्छ । शुरुमा आफैले फारम भर्न खोजे तर उनले फारम भर्न खोज्दा फारम नै भरिएन, सर्वर बिजी मात्रै भनियो । त्यसपछि उनको भेट विभागमा आउने बिचौलियासँग भयो । बिचौलियालाई ५ हजार पैसा बुझाए पछि २ दिन भित्रै उनको पालो आयो ।

हेमन्त मात्रै होइन विभागमा तुरुन्तै राहादानी बनाउन आएकाहरु अन्य सेवाग्रही पनि बिचौलियालाई ५ हजार तिरे पछि मात्रै आफूहरुले डेट पाएको बताउछन् ।

यसरी सेवाग्रहीहरुले अनलाईन फरम भर्दा पनि बिचौलिया नलगाई नहुने स्थिती राहदानी विभागको छ । विभागमा पुगेर सेवा लिनेहरु ठगीमा नपरेका भेटिन मुश्किल पर्छ । सेवाग्रहीलाई कर्मचारीका व्यवहार पनि तल्लो स्तरको नै छ । यता विभागको निर्देशक तथा सुचना अधिकारी दूरपदा सापकोटाको भने विभागको क्षमता भन्दा बढी सेवाग्राहीको भिड भएकाले सेवाप्रवाहमा गाह्रो भएको बताउँछिन् ।

राहादानी विभागमा अर्जेन्ट राहादानी बनाउन पर्नेहरु ठगीमा नपरेको पाउनै मुस्किल छ । कारण हो सेवाग्राही आफैले फारम भर्न खोज्दा नभरिने तर बिचौलियालाई पैसा तिरेपछि फारम भरीने । बिचौलिया हावी हुँदा राहदानी विभागकै बदनाम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);