सचिवालय बैठक बिना निष्कर्ष टुंगियो, फेरि शनिबार बस्ने | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

सचिवालय बैठक बिना निष्कर्ष टुंगियो, फेरि शनिबार बस्ने

nekapa-oli-dahal

काठमाडौं, १८ वैशाख । सत्तारुढ नेकपाको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा पार्टी भित्रको आन्तरिक समस्या र स्थायी कमिटीका २० सदस्यले माग गरेको स्थायी कमिटी बैठक बारेमा छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले २० गते शनिबार बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठक र अरु निर्णय गर्ने जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा पार्टी भित्रको आन्तरिक समस्या, पार्टी एकता र सुदृढीकरणको महत्व, सरकार र पार्टीको स्थायी कमिटी बैठक र यससँग जोडिएको विविध विषयमा विचारविमर्श भएको प्रवक्ता श्रेष्ठको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);