लकडाउनको सकारात्मक असर: सिरीसवा नदी स्वच्छ बन्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

लकडाउनको सकारात्मक असर: सिरीसवा नदी स्वच्छ बन्दै

sirisawa nadi

राजेन्द्र सिंह

वीरगञ्ज, १७ वैशाख । लकडाउनका कारण मानवीय गतिविधि लगभग शुन्य छ । अत्यावश्यक सेवा बाहेक अन्य सेवा ठप्प भएपछि प्रकृतिलाई राहत मिलेको छ । वीरगञ्जको प्रदुषित नदीका रुपमा परिचित सिरिसवा नदी पनि अहिले पहिलेको तुलनामा सफा अनि स्वच्छ देखिन थालेको छ ।

अव्यवस्थित विकास र मानवीय गतिविधिका कारण वीरगंजको सिरीसवा नदी दिनप्रति दिन प्रदुषित हुँदै गएको थियो, तर, पछिल्लो समय लकडाउन भएपछि बिस्तारै स्वच्छ बन्दै गएको छ । उद्योग, निर्माण व्यापार व्यवसाय आदि गतिविधि रोकिएकोले नदीमा फोहोर नमिसिएको हो । नदीमा फोहोर प्रदुषण नमिसिएपछि नदी क्रमश सफा बन्दै गएको हो ।

वर्षेनी नदी प्रदुषण हुँदै गएपछि नदी बजाउ अभियान पनि शुरु गरिएको थियो । अभियान संचालन गरिए पनि नदी सफाइमा पूणृता पाउन सकेको थिएन । तर, यतिबेला अनिवार्य मुलुक नै ठप्प भएपछि नदी लगायतका प्राकृतिक सम्पदालाई राहत मिलेको छ । लकडाउनले नदीमा राहत मिलेकोले अबका दिनमा महानगरले विशेष ध्यान आवस्यक रहेको अभियानताहरुको सुझाव छ ।

अव्यवस्थित विकासको कारण वातावरणमा दिनप्रतिदिन समस्याहरु थपिदै गएका छन् । वातावरण विरोधी विकास क्रियाकलापले पर्यावरणमा संकट आएपनि जिम्मेवाहरुको लापरवाहीले नदी प्रदुषण भएको हो ।यसर्थ लकडाउनकै कारण वातावरणमा देखिएको सकारात्मक परिवर्तनलाई निरन्तरता दिन स्थानीय सरकारले विशेष पहल गर्दै यस्ता नदी संरक्षणमा विशेष ध्यान दिन आवस्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);