विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख ६४ हजार नाघ्यो, दुई लाख ११ हजार बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख ६४ हजार नाघ्यो, दुई लाख ११ हजार बढीको मृत्यु

corona

काठमाडौं, १६ वैशाख । विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख ६४ हजार भन्दा बढी पुगेको छ । कोरोना संक्रमणबाट विश्वमा दुई लाख ११ हजार भन्दा धेरैकोे ज्यान गएको छ भने ९ लाख २२ हजार भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी १० लाख १० हजारभन्दा धेरै संक्रमित भएको अमेरिकामा ५६ हजार ७ सय भन्दाबढीको मृत्यु भइसकेको छ । यसैगरी स्पेनमा २३ हजार ५ सय २१, इटालीमा २६ हजार ९ सय ७७, फ्रान्समा २३ हजार २ सय ९३, बेलायतमा २१ हजार ९१ जनाको मृत्यु भएको छ । यसैगरी कोरोनाका कारण बेल्जीयममा ७ हजार २ सय ७, इरानमा ५ हजार ८ सय ६, चीनमा ४ हजार ७ सय ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जर्मनीमा १ लाख ५८ हजार ७ सय ५८ संक्रमित भएपनि मृत्यु हुनेको संख्या ६ हजार १ सय २६ रहेको छ ।

छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको दर तीब्र रुपमा बढेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा ९ सय ३९ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);