कोरोनाको ट्रेसिङ र टेस्टिङ सहजिकरण गर्न टोली गठन | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

कोरोनाको ट्रेसिङ र टेस्टिङ सहजिकरण गर्न टोली गठन

corona press meet baisakh 12

काठमाडौं, १२ वैशाख । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ र टेस्टिङ कार्यमा सहजिकरण गर्न सरकारले स्थानीय निकायमा खटाउने गरी टोली गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्थानीय तहमा हुने ट्रेसिङ तथा टेस्टिङ कार्यमा सहजिकरण गर्न तीन सदस्यीय स्वास्थ्यकर्मीहरुको समूह गठन गरिएको जानकार दिनु भएको हो । उहाँले हरेक स्थानीय तहमा खटाउने गरी समूह गठन गरिएको बताउनुभयो ।

प्रवक्ता देवकोटाले शुक्रबार कोरोना भाइरस संक्रमण भएका कुनैपनि नयाँ बिरामी नथपिएको , प्रदेश नम्बर एकमा परीक्षणको दायरालाई बढाइएपनि नयाँ संक्रमण फेला नपरेको तथा उदयपुरबाट ७८ जनाको स्वाब नमुना संकलन गरी कोशि अस्पतालमा पठाइएको जानकारी दिनु भयो ।

अहिलेसम्म कोरोना भाइरसको ४७ हजार ४ सय ९६ परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले देशभर १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा रहेको , काठमाडौं उपत्यकामा ३ र उपत्यकाबाहिर ८६ गरी कुल ८९ जना आइसोलेसनमा रहेको प्रवक्ता देवोटाले बताउनु भयो । नेपालमा अहिलेसम्म कुल संक्रमित ४८ जना छन भने १० जना निको भएर घर फर्किइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);