विकास आयोजना वातावरणमैत्री बनाउनुपर्ने विज्ञहरूको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विकास आयोजना वातावरणमैत्री बनाउनुपर्ने विज्ञहरूको सुझाव

kathmandu-lockdown

काठमाडौं, ११ वैशाख । विकासको नाउमा प्रकृतिमाथिको दोहन अत्याधिक हुँदा वातावरणीय समस्याहरु चुलिदै गएका थिए । औद्योगिकीकरण निर्माण लगायतका कारण प्रदुषणमा अत्याधिक वृद्धि मात्रै होइन, पारिस्थितिक प्रणालीमा समेत गम्भीर असर पुग्दै आएको थियो । तर, अहिले कोरोना महामारीको कारण विश्वका अधिकांश मुलुक लकडाउन भएका छन् । लकडाउनले मानिसलाई घरमै थुने पनि औद्योगिक तथा निर्माण कार्य न्यून हुँदा प्रकृतिलाई भने गज्जबको राहत मिलेको छ ।

महामारीको संक्रमणको उच्च जोखिम बढेपछि विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको छ । लकडाउन भएपछि औद्योगिक उत्पादन, पूर्वाधार, आयोजना निर्माण, सडक तथा हवाई सेवा बन्द, सभा सम्मेलन लगायतका विविधि मानवीय क्रियाकलाप न्यून भएका छन् सडकहरूमा गाडी गुडेका छैन, कलकारखानाहरू बन्द छन् , भवन निर्माण ठप्प छ, मानिसहरु घरभित्रै बस्न बाध्य छन् । प्रदूषणका मुख्य कारकहरु एक प्रकारले निलम्बन गरिएका छन् । जसका कारण प्रदुषणको कमी भएको छ । यस्तै वायु प्रदुषण, ध्वनी प्रदुषण, सवारी जामले अस्त व्यस्त हुने काठमाडौ उपत्यकाले पनि राहत पाएको महशुस गर्न थालेको छ ।

विगत ३० वर्ष अघिको काठमाडौ उपत्यकाको अवस्था लकडाउनले पुनरावृत्त भएको छ । उपत्यकाले यतिबेला मुक्तिको श्वास फेरिरहेको छ । उपत्यकाको प्रदुषण पनि ह्वात्तै घटेको छ । काठमाडौ उपत्यका विश्वका प्रदुषण उच्च रहदै आएको थियो । गत वर्षमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा ६ गुणा बढीसम्म प्रदुषण भएको रेकर्ड छ काठमाडौ उपत्यकामा  । तर, यतिबेला अत्याधिक प्रदुषण हुने उपत्यका, सुन्दर सफा र स्वस्थ छ । मनोरम दृष्य मात्रै होइन, पारिस्थितिक प्रणालीमा समेत केही सुधारका संकेत देखिएका छन् ।

विकासको नाउमा भएका मनलाग्दी विकासे दोहनले उपत्यका लगायत सबै तिर वातावरणीय खलल पुराएको थियो । तर, कोरोना भाइरसको महामारीको संक्रमणको डरले औद्योगिक धन्दा, कलकारखाना विकास निर्माण लगायका कार्य सबै रोकिदा प्रकृतिलाई राहत मिलेको छ। यद्यपी मानिस घरभित्रै थुनिएका छन् । तर,प्राकृतिक सम्पदामाथि न्याय भएको छ । लकडाउन पछिको प्रकृतिमा आएको परिवर्तनले अब विकास गर्दा वातावरणीय पक्षमलाई विशेष जोड दिनुपर्छ भन्ने सत्यतालाई अनुभव सिद्ध गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);