नेपाल टेलिकमले ल्यायो जिरो ब्यालेन्स प्याकेजमार्फत निःशुल्क सेवा | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

नेपाल टेलिकमले ल्यायो जिरो ब्यालेन्स प्याकेजमार्फत निःशुल्क सेवा

nepal telecome

काठमाडौं, ९ वैशाख । नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताको लागि निःशुल्क सेवा उपलब्ध गराएको छ । टेलिकमले सोमबार राति १२ बजेबाट उक्त सेवा उपलबध गराएको हो ।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर उक्त सेवा लिन सक्ने भएको हो ।

ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि सात दिनको हुनेछ ।

यस प्याकेज आगामी दुई दिनसम्म उपलब्ध गराइने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);