काठमाडौं, ९ वैशाख । दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् ।
चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन् । अरु ७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको स्थानीय स्वास्थ्य संस्था र गम्भीर घाइते दुई जनाको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।