एजेन्सी, ७ वैशाख । कोरोना भाईरसका कारण भारतीय आई लिग रद्ध गर्ने सिफारिस गरिएको छ । कोरोनाका संक्रमणबाट बच्न देशभर जारी रहेको लकडाउनका कारण आईलिगका बाँकी २८ खेललाई रद्ध गर्दै मोहन बगानलाई नयाँ च्याम्पियन घोषणा गर्न सिफारिस गरिएको हो ।
आई लिग कमिटिको शनिबार बसेको बैठकले लिग पुन सुरु नगर्न र मोहन बगानलाई च्याम्पियन बनाउन निर्णय गर्दै भारतीय फुटबल महासंघ एआईएफएफलाई पत्र लेखेको छ ।
मोहन बगानले चार चरणको खेल अगाडीनै उपाधि आफ्नो नाममा लेखाएको हो । सरकारी निर्देशन अनुसार मार्च १४ सम्म लिग स्थगित गरिएको थियो । लिग अगाडी मोहन बगानको १६ खेलबाट ३९ अंक रहेको थियो ।
ईस्ट बंगाल र मिनरवा पञ्जावको समान २३ अंक रहेको थियो । र रियल कश्मीरको २२ अंंक रहेको थियो । लिगको शीर्ष स्थानको मोहन बगानको ३९ अंक रहेको छ । जसले अन्य टिम भन्दा मोहन बगानको अंकको अन्तर धेरै नै छ ।
यदी म्याच खेलेको अवस्थामा समेत मोहन बगान नै अगाडी हुनेछ । कमिटिले निर्णयले आईजोल एफसी र नेरोका एफसीलाई भने राहत मिलेको छ । समितिले विभिन्न युवा लिगलाई समेत रद्ध गर्न सिफारिस गरेको छ ।