राहत वितरणमा अनियमितता भएको कांग्रेसको ठहर | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

राहत वितरणमा अनियमितता भएको कांग्रेसको ठहर

rahat congress

काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसले राहत वितरणका क्रममा अनियमितता भएको ठहर गरेको छ । शनिबार बसेको पार्टीको पदाधिकारी बैठकले राहत वितरणमा अनियमिता भएको भएको ठहर गर्दै सर्वदलिय संयन्त्र बनाएर अनुगमन गर्न आग्रह गरेको छ ।

नेकपाको नेतृत्वमा रहेका स्थानीय तहहरुमा राहत वितरण पक्षपातपूर्ण भएको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बताउनुभयो । विभिन्न स्थानीय तहबाट राहत वितरण पक्षपातपूर्ण भएको गुनासो आएकाले सर्वदलीय संयन्त्र बनाएर अनुगमनको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।

सरकारले राहत स्वरुप सकिनेहरुको बैंकको व्याज मिनाहा वा न्युन गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ । देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले अफ्ठ्यारोमा परेका नागरिकहरुका लागि सुरक्षित ढंगले जाने व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । साथै बाटोमा रहेका नागरिकलाई भोको पर्न नदिन आफ्ना कार्यकर्ताहरुलाई अपिल गरेको छ ।

धारचुला लगायत अन्य सीमा नाकामा रहेका नागरिकलाई प्रवेश नदिएको घटनालाई गम्भिर रुपमा लिएको बताउँदै कांग्रेसले उच्च मानविय भावनाका साथ देश प्रवेश गर्ने वातावरण मिलाएर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न आग्रह पनि सरकारलाई आग्रह गरेको छ ।