ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर निगमको विमान काठमाडौँ आइपुगे | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर निगमको विमान काठमाडौँ आइपुगे

wide body NAC

काठमाडौं, ५ वैशाख । चीनको ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै विमान काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न चीन गएका दुईवटा वाइडबडी विमानमध्ये एउटा शुक्रबार बिहान ७ बजेतिर र अर्को सवा ७ बजेतिर त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

ती विमानमा कोरोना भाइरसको आशंका गरिएका र संक्रमण पुष्टि भएकाहरुको परीक्षण तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याइएको छ । निजी क्षेत्रले नेपाल एयरलाइन्सका दुईवटा जहाज भाडामा लिएर स्वास्थ्य सामग्री नेपाल ल्याएका हुन् ।

त्रिभुवन विमानस्थलका अनुसार एउटा विमान सजिलै अवतरण गरे पनि अर्को एउटा जहाजले भने धावनमार्गमा टेक्नै लाग्दा ओभरसुट गरेको थियो र केहीबेर समय आकाशमा फन्को मारेर पुनः अवतरण गरेको थियो ।