बुटवल, ४ वैशाख । बाँकेको नेपाल–भारत सीमानाको दशगजा क्षेत्रको क्वारेन्टाइनमा राखिएका १ सय ८१ जनामा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ ।
उनीहरु विगत १५ दिनदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६, जयसपुरस्थित दशगजा क्षेत्रमा व्यवस्थापन गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए । यस अघि ११ जनाको नै पिसिआर विधिद्वारा ‘स्वाब’ परीक्षण गरिएको थियो र ती सबैको रिपोर्ट ‘नेगेटिभ’ आइसकेको थियो ।